Rule 69
विद्युत सप्लाई बन्द गर्नुपर्ने

(१) विद्युत उत्पादन, प्रसारण तथा वितरणको लागि जडान गरिएको उपरकरणहरुको जाँचबुझ, मरमत वा अन्य कुनै महत्वपूर्ण कार्य गर्नु परेमा विद्युत सप्लाई बन्द गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक दृष्टिकोणले पूर्ण सुरक्षित तरिकाले काम गर्न सकिने भएमा विद्युत सप्लाई बन्द गर्नु अनिवार्य हुने छैन ।
(३) उपनियम (१) बमोजिमको कार्य पूरा गरी विद्युत लाइन पुन संचालन गर्दा उत्पन्न हुन सक्ने खतरा माथि राम्ररी ध्यान दिई मात्र संचालन गर्नु पर्नेछ ।